image
image

आशा लघुवित्तको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज असोज १२ गते अन्तिम दिन रहेको छ ।

काठमाडौँ, १२, असोज । लघुवित्तले गत असोज ४ गतेदेखि ३ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको छ । यो लिलामी सेयरमा संस्थाका संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा विभिन्न संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

लगानीकर्ताले न्यूनतममा १० हजार कित्तादेखि अधिकतममा ३ लाख कित्ताका लागि खरिद आवेदन पेस गर्न सक्नेछन् । बोलपत्र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।