image
image

अब एक जार पानीको मूल्य ४७ रुपैयाँ, बढी लिएको पाइएमा कारबाही

काठमाडौँ, २६, असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल र जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य तोकेको छ ।

विभागले काठमाडौं उपत्यकाभित्र बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम ४७ रुपैयाँ निर्धारण गरेको हो ।

उपत्यकाबाहिर भने एक लिटर बोतलको पानीको अधिकतम खुद्रा २० रुपैयाँ र २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ६० रुपैयाँ निर्धारण गरिएको छ । 

संघीय संसद् प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसहमतिको अध्ययन प्रतिवेदनसमेतका आधारमा विभागले बोतल र जारको पानीको खुद्रा मूल्य तोकेको हो । 

निर्धारित मूल्यभन्दा बढी लिएको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ । मूल्य बढी लिएको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई हदैसम्मको कारबाही गरिने विभागले जनाएको छ । 

निर्धारित मूल्यभन्दा बढी रकम तिरेर पानी खरिद नगर्न र काहीँकतै कसैले जबरजस्ती बढी रकम लिन खोजेमा विभाग वा मातहतका कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।