image
image

रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ, २६, असोज । रु रु जलविद्युत परियोजनाको १०.५२% लाभांश सुरक्षित गर्ने आज असोज २६ गते बुधबार अन्तिम दिन हो । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि बिहीबार असोज २७ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश दिन लागेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न यसले कार्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ । 

आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । साधारण सभा बानेश्वर ब्याङ्केट, थापा गाउँ, नयाँ बानेश्वरमा  दिउँसो १ बजेबाट सुरु हुनेछ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।