१० वस्तुको आयातबाट मात्रै २ खर्ब १७ अर्ब राजस्व संकलन
यता सरकारले चार वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ। गाडी (निजी सवारी साधन), मोबाइल फोन (३०० डलरमाथिको), मोटरसाइकल (१५० सीसी माथिको) र मदिराको आयातमा प्रतिबन्ध जारी छ।
विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै राजस्व ६४ अर्ब ७१ करोड डिजलबाट संकलन भएको छ। गत आर्थिक वर्षमा यो वस्तु १ खर्ब ८२ अर्ब आयात भएको छ। दोस्रो धेरै राजस्व पेट्रोलियम पदार्थबाट संकलन भएको छ। यो वस्तुबाट ३९ अर्ब ४ करोड महसुल संकलन भएको छ। गत वर्ष यो वस्तु ७१ अर्ब ३९ करोड बराबरको आयात भएको छ।
तेस्रो धेरै राजस्वमा योगदान गर्ने वस्तुमा जिप, कार र भ्यानहरु परेको छ। यी वस्तुको आयातबाट मात्रै ३८ अर्ब ८० करोड राजस्व सरकारलाई प्राप्त भएको छ। यस्तै तयारी मोटरसाइकलबाट १९ अर्ब २२ करोड राजस्व संकलन भएको छ।
यस्तै पाँचौं धेरै राजस्व संकलन हुनेमा परेको एलपी ग्यासबाट १२ अर्ब २२ करोड राजस्व संकलन भएको छ। एमएस बिलेडबाट १० अर्ब ९५ करोड राजस्व संकलन भएको छ। ५१ अर्ब ३३ करोड बराबरको आयात भएको छ। तयारी कपडा आयातबाट सरकारले १० अर्ब ९१ करोड प्राप्त गरेको छ।
| वस्तुको नाम | आव २०७८/७९ |
| डिजेल | ६४ अर्ब ७१ करोड |
| पेट्रोल | ३९ अर्ब ४ करोड |
| जीप कार भ्यानहरु | ३८ अर्ब ९० करोड |
| मोटरसाइकल | १९ अर्ब २२ करोड |
| एलपी ग्यांस | १२ अर्ब २२ करोड |
| एमएस विलेट | १० अर्ब ९५ करोड |
| तयारी कपडा | १० अर्ब ९१ करोड |
| मोटरसाइकल (अन एसेम्वल्ड) | ८ अर्ब १७ करोड |
| अन्य कोइला | ६ अर्ब ६९ करोड |
| मोबाइल टेलिफोन | ६ अर्ब ५८ करोड |
| कुल | २ खर्ब १७ अर्ब |
यस्तै नवौं नम्बरमा अन एसेम्बल्ड मोटरसाइकल परेको छ। यसबाट ८ सय १७ अर्ब राजस्व संकलन भएको छ। ३५ अर्ब ९६ करोडको अन्य कोइला आयातबाट ६ अर्ब ६९ करोड महसुल संकलन भएको छ।
मोबाइल टेलिफोन आयातबाट ६ अर्ब ५८ करोड महसुल संकलन भएको छ। ४१ अर्ब १६ करोड महसुल संकलन भएको छ।
आयात प्रतिबन्ध लम्बिए गम्भीर असर
सरकारले विदेशी मुद्रा जोगाउने भन्दै वैशाख १३ गतेदेखl धेरै आयात हुने वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ। पछिल्लो पटक असोज २८ गतेसम्म प्रतिबन्ध लम्बिएको छ।
राजस्व धेरै संकलन हुने वस्तुमै आयात प्रतिबन्ध लम्बिए दीर्घकालीन रूपमा गम्भीर असर देखिन सक्छ। सरकार सधैं प्रतिबन्ध लम्ब्याउने पक्षमा नरहेको वाणिज्य सचिव तोयम रायाले बताए। ‘सरकारले सधैं वस्तु आयातमा प्रतिबन्ध लगाएर बस्दैन। राष्ट्र बैंकसँग विदेशी मुद्रा सञ्चितिको विषयमा छलफल गरी थप निर्णय गर्नेछौं,’ उनले भने।
हाल सरकारले धेरै आयात हुने जिप, कार, भ्यान आयातमा प्रतिबन्ध लगाएको छ। यसमा प्रतिबन्ध लम्बिए राज्यले ठूलो राजस्व चुकाउनु पर्छ। विभागका अनुसार गाडीबाट मात्रै ३८ अर्ब ९० करोड राजस्व गुमाउनेछ। यस्तै मोटरसाइकल आयातबाट १९ अर्ब १२ करोड राजस्व उठेको छ। सरकारले प्रतिबन्ध लगाएको अर्को वस्तु मोबाइल आयातबाट ६ अर्ब ५८ करोडको राजस्व गुम्नेछ।
गतवर्ष आयात भएको आंकडालाई हेर्दा कुल सरकारले प्रतिबन्ध लगाएको वस्तुबाट ६४ अर्ब ६० करोड राजस्व गुमाउनेछ। यदि सरकारले करको दर मनपरी चलाउने र सँगसँगै अघि बढाए। राजस्वका गम्भीर संकट देखा पर्न सक्नेछ।
सरकारले धेरै आयात हुने पाम तेल, सनफ्लावर तेल लयातमा ९० प्रतिशत राजस्व छुट दिएको छ। विभागको तथ्यांक अनुसार चालु वर्षको २ महिनामा ६७ अर्ब १६ करोड मात्रै राजस्व संकलन भएको छ। यो गत वर्षको तुलनामा १६ अर्ब ३६ करोडले कमी हो।









