image
image

जीवन बीमा कम्पनीहरुले दुई महिनामा आर्जन गरे ५६ करोड २३ लाख ५६ हजार बीमा शुल्क

काठमाडौँ, २६, असोज ।  चालु आर्थिक वर्षको दुई महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ५६ करोड २३ लाख ५६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्क २६ अर्ब ३ करोड २७ लाख ४५ हजार रुपैयाँको २.१६ प्रतिशत हो ।

जीवन बीमा कम्पनीहरुले १० करोड ८९ लाख ६५१ वटा बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । यस अवधिमा सबै भन्दा धेरै ५ लाख ७७ हजार ७५१ वटा बैदेशिक रोजगार बीमालेख जारी गरी सन नेपाल लाइफले २७ करोड ५ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

बैदेशिक रोजगार बीमालेख वापत सबै भन्दा कम बीमाशुल्क आर्जन गर्नेमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा आइएमई लाइफले २ हजार ५४७ वटा बैदेशिक रोजगार बीमालेख जारी गरी ९८ लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।