image
image

कच्चा तेलको मूल्यमा लगातार गिरावट

काठमाडौँ, २७, असोज । विश्वभर मन्दीको त्रासबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ । लगातार तेस्रो दिन बुधबार कच्चा तेलको मूल्यमा गिरावट आएको हो । 

विश्वभर मन्दीको त्रासले तेलको मागमा कमी आउँदा मूल्य ओरालो लागिरहेको छ । 
उता चीनमा कोभिडको मामिला बढ्न थालेको छ । कोभिड नियन्त्रणका लागि चीनले कडा प्रतिबन्धहरु लगाएको छ । जसका कारण तेलको माग पनि कमी आएको छ । 

यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गत मंगलबार सन् २०२३ मा विश्व अर्थतन्त्रमा संकुचन आउने प्रक्षेपण गर्नुले पनि तेलको मूल्यमा गिरावट आइरहेको जानकारहरु बताउँछन् । 

यिनै विविध कारणले तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ । बुधबार बिहान ब्रेन्ट आयलको मूल्यमा ०.८६ प्रतिशत अर्थात ०.८२ डलरको गिरावट आएको छ । आज बिहान ब्रेन्ट आयल प्रतिब्यारेल ९३.५ डलरमा कारोबार भइरहेको छ । 

यसैगरी क्रुड आयल डब्ल्यूटीआईको मूल्यमा १.०१ प्रतिशत अर्थात ०.९० डलरको गिरावट आएको छ । डब्ल्यूटीआई प्रतिब्यारेल ८८.४५ डलरमा कारोबार भइरहेको छ । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।