image
image

भदौसम्ममा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे करिब ८ अर्ब बीमाशुल्क

काठमाडौँ, २७, असोज ।  चालु आर्थिक वर्षको भदौसम्ममा निर्जीवन बीमा कम्पनीहरुले करिब ८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा ७ अर्ब ८७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ । समितिको तथ्यांक अनुसार मोटर बीमाबाट भदौसम्ममा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ३ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यो निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको २५.८४ प्रतिशत हो । मोटर बीमा पछि निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ती बीमाबाट १ अर्ब ७६ करोड ३१ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २२.३९ प्रतिशत हुन आउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।