image
image

घट्यो बीमा कम्पनीको नियमन शुल्क, अब कसले कति तिर्नुपर्ने ?

काठमाडौँ, २७, असोज ।  बीमा ऐन २०७९ ले बीमा कम्पनीहरुले दिर्दै आएको नियमन शुल्क घटाइदिएको छ । बीमा ऐन २०७९ को दफा १०० जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमाको नियमन शुल्क तोकिएको छ भने दफा ७८ मा लघु बीमाको नियमन शुल्क तोकिएको छ ।

नयाँ व्यवस्था अनुसार जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमा कम्पनीहरुले कुल बीमा शुल्कको ०.७५ प्रतिशत नियमन शुल्क भुक्तानी गर्नुपर्नेछ । त्यस्तै दफा ७८ मा लघु बीमालाई ०.५० प्रतिशत तोकिएको छ । 

लघु बीमा बाहेकका अन्य कम्पनीको हकमा प्राधिकरणले बीमकलाई नियमनकारी सेवा उपलब्ध गराए बापत त्यस्तो नियमनकारी सेवा प्राप्त गर्ने प्रत्येक बीमकले आफुले गरेको कुल बीमा शुल्कको शुन्य दशमलब सात पाँच प्रतिशतका दरले हुन आउने रकम प्रत्येक वर्ष नियमन शुल्क वापत प्राधिकरणमा बुझाउनु पर्नेछ ।

त्यस्तै लघु बीमाको हकमा लघुबीमाको नियमनकारी सेवा प्राप्त गर्न प्रत्येक बीमकले आफुले वार्षिक रुपमा आर्जन गरेको कुल बीमाशुल्कको शुन्य दशमलव पाँच प्रतिशतका दरले हुन आउने रकम नियमन शुल्क वापत प्राधिरणमा बुझाउनु पर्नेछ ।

यस भन्दा अगाडी बीमा कम्पनीहरुले कुल बीमा शुल्क आर्जनको एक प्रतिशत रकम बीमा समितिमा नियमन शुल्कको रुपमा बुझाउदै आएका थिए । अहिलेको यो व्यवस्थाले बीमा कम्पनीहरुले तिर्ने शुल्कमा धेरै कमि आउनेछ ।

बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले नियमनकारी सेवा उपलब्ध गराए बापत प्राधिकरणलाई तोकिए बमोजिम नियमन शुल्क बुझाउनु पर्नेछ ।

बीमा प्राधिकरणले यसरी संकलन गरेको नियमन शुल्कको ५० प्रतिशत रकम बीमा विकास कोषमा जम्मा गर्नु पर्नेछ । यस्तो कोषले बीमाको पहुँच आर्थिक रुपले विपन्न वर्गका नागरिकसम्म पुर्‍याई बीमाको माध्यमबाट नागरिकको हित संरक्षण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।