image
image

शेयर बजार ४ अंकले बढ्यो, कारोबार रकममा पनि सुधार

काठमाडौँ, २७, असोज । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ४ अंकको सुधार आएको छ । अघिल्लो दिन ११ अंकले बढ्दै १८६६ विन्दुमा अडिएको नेप्सेमा बिहीबार थप ४ अंकले बढ्दै १८७०.६३ विन्दुमा उक्लिएको हो । 

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.९५ अंकले बढ्दै ३६७.१४ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ४ अंकले मात्र बढेको बजारमा आज कारोबार रकममा समेत अघिल्लो दिनको तुलनामा केही सुधार आएको छ । 

यस दिन ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको २६ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजारमा जम्मा ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो । आज हाइड्रोपावर बाहेक अन्य सबै उपसूचक धनात्मक भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।