image
image

अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा

काठमाडौँ, २८, असोज ।  विश्वव्यापी मुद्रा अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको हो । अमेरिकी डलरको भाउले नयाँ उचाई लिएपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज असोज २८ गते शुक्रबारका लागि एक डलरको बिक्रीदर १३२ रुपैयाँ ०६ पैसा र खरिददर १३१ रुपैयाँ ४६ पैसा तोकेको छ । यो भाउ हालसम्मकै उच्च हो । यसको मतलब नेपाललली एक अमेरिकी डलर साट्नुपर्दा १३२ रुपैयाँभन्दा बढी नेपाली रुपैयाँ खर्चनुपर्ने भएको हो ।

यसअघि असोज २३ गते १ डलरको बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा र खरिददर १३१ रुपैयाँ ४२ पैसा पुगेको थियो । अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ ०६ तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।