image
image

३० अर्बको रिपो जारी, बैंक तथा वित्तीय संस्थाहरुले मागे साढे ४१ अर्ब

काठमाडौँ, २८, असोज ।   बैंकिङ प्रणालीमा देखिएको तरलताको समस्यम हटाउन नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँबराबरको रिपो जारी गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुबाट साढे ४१ अर्ब रुपैयाँको माग भएको छ । 

तरलता व्यवस्थापन गर्न तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले हिजो बिहीबार ३० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । जसमा १६ बैंक तथा वित्तीय संस्थाहरुले ४८ आवेदनमार्फत ४१ अर्ब ५५ करोड रकम माग गरेका छन् । 

केन्द्रीय बैंकका अनुुसार न्यूनतम ८.३००० प्रतिशत र अधिकतम ८.५२०० प्रतिशत ब्याजदरमा बैंकहरुले आवेदन गरेका हुन् । यद्यपि उक्त रिपोको औसत ब्याजदर ८.४४५७ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकले तरलता अभावको समस्यालाई हटाउन चालु आर्थिक वर्ष सुुरु भएयता रिपोमार्फत बजारमा १ खर्ब ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको छ । यो अवधिमा बैंकहरुद्वारा भने २ खर्ब ४४ अर्ब ७२ करोड रुपैयाँको रिपो माग भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।