आशा लघुवित्तको ७ लाख ८९ हजार कित्ता बढि शेयरमा आजसम्म मात्र आवेदन दिन सकिने
काठमाडौँ, ३१, असोज । आशा लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले असोज २३ गतेदेखि ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक समूहको शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्तिले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदकले शेयर खरीदका लागि आवेदन दिदा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याका लागि कु









