image
image

पेट्रोलियम पदार्थको मूल्य भारतबाट अत्याधिक बढेर आयो

काठमाडौँ, ३१, असोज । भारतबाट पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन ९आईओसी०ले निगमलाई पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल, डिजेल तथा हवाई इन्धनको भाउ बढाएर पठाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धन १० रुपैयाँ २५ पैसा बढेर आएको छ । बढेर आएको मूल्य अनसार निगमलाई डिजेलमा प्रति लिटर ६ रुपैयाँ ३४ पैसा, एलपी ग्यासमा ३२५ रुपैयाँ ४४ पैसा प्रति सिलिण्डर घाटा हुने जनाएको छ ।

यस्तै पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने नाफालाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ३९ करोड नाफा हुने प्रक्षेपण गरेको छ ।

भारतबाट नयाँ मूल्य सूची आएपनि निगमले नेपालमा इन्धनको मूल्यमा कुनै परिवर्तन गरेको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको कारणले विगत लामो समयदेखि निगम निरन्तर नोक्सानीमा संचालन भएको निगमको भनाई छ ।

निगमका अनुसार नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब ३३ अर्ब ६० करोड रकम अझै तिर्न बाँकी रहेको छ । निगमले पेट्रोलियम पदार्थ खरिदका लागि सरकारसँग ७ अर्ब रुपैयाँ र राष्ट्रिय वाणिज्य बैकसँग तीन अर्ब ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई केही महिनादेखि व्यवस्थित गर्दै आइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।