image
image

स्पेशल प्रि ओपन सेसनमा सयपत्री हाइड्रोपावरको कतिमा भायो पहिलो कारोबार ?

काठमाडौँ, ३१, असोज । आज कारोबारको दोस्रो दिन सोमबार, नेप्सेको स्पेशल प्रि ओपन सेसनमा सयपत्री हाइड्रोपावर लिमिटेडको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको शेयर प्रतिकित्ता १९४ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई वितरण गरिएको ३ लाख कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरिएको ६ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको २१ लाख कित्ता गरी सो बराबरको शेयर गत बिहबिार नेप्सेमा सूचीकृत भएको थियो । 

यस अनुसार कम्पनीको पहिलो कारोबार हिजो अर्थात आइतबारको स्पेशल प्रि ओपन सेसनमा हुनुपर्ने थियो । तर, कारोबार म्याचिङ्ग नभएका कारण सो दिन कारोबार नभएपछि यस दिनको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९६ पैसा देखि १९४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।