image
image

नेपाल राष्ट्र बैंकले १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने, बोलकबोल आजै

काठमाडौँ, ३१, असोज । नेपाल राष्ट्र बैंकले मंगलबार असोज २५ गते १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने बताइएको छ । २८ दिनका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको यस ट्रेजरी कात्तिक २९ गते परिपक्व हुनेछ ।

९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको यस ट्रेजरी माघ ३ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ५ अर्ब रुपैयाँको बिल जारी गर्न लागेको यस ट्रेजरी २०८० बैशाख ५ गते परिपक्व हुनेछ । १ वर्षका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको यस ट्रेजरी वि.स. २०८० असोज ३० गते परिपक्व हुनेछ ।

यस बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।