मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको मूल्य पनि बढ्यो
काठमाडौँ, १, कात्तिक । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो भने चाँदीको मुल्य २० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९३ हजार ४ सय रुपैया र तेजावी सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँले कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ११ सय ८० रुपैयाँले कारोबार भईरहेको छ ।
सोमबारका दिन नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको थियो भने चाँदीको मुल्य स्थिर रहेको थियो ।









