image
image

पहिलो तीन महिनामा राष्ट्र बैंकद्वारा १.६७ खर्बको ट्रेजरी जारी

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १ खर्ब रुपैयाँ बढीको ट्रेजरी बिल जारी गरेको छ। 

काठमाडौँ, १, कात्तिक । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब ६७ अर्ब १० करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी भएको हो। साउन महिनामा राष्ट्र बैंकले ५६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेकोमा भदौमा ३१ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ बराबरको जारी भएको थियो। यस्तै राष्ट्र बैंकले असोजमा भने ७९ अर्ब ४८ करोड रुपैयाँको  ट्रेजरी जारी गरेको छ। 

केन्द्रीय बैंकले १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउने गरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्दै आएको छ। 

ट्रेजरी बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। बोलकबोलमा सबैभन्दा बढी मुुल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

कुल १ खर्ब ६७ अर्ब १० करोड ३२ लाख रुपैयाँमध्येको ट्रेजरीमा राष्ट्र बैंकले ४४ अर्ब ४६ करोड ५ लाखको खरिद गरेको छ। बाँकी रहेको ट्रेजरी बैंक तथा वित्तीय संस्थाहरुले नै नवीकरण गरेका छन्। 

चालु आर्थिक वर्ष पहिलो महिनामै बैंक तथा वित्तीय संस्थाले ट्रेजरीमा १४ प्रतिशतसम्म ब्याजदर माग गरेपछि राष्ट्र बैंकले खरिद गर्न सुरु गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।