image
image

बैंकिङ क्षेत्रको कुल निक्षेप ५१ खर्ब २९ अर्ब

काठमाडौँ, १, कात्तिक ।सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ६० वटा संस्थाहरुको कुल निक्षेप रकम ५१ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यही असोज ३० गते आईतबारसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुले उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन् ।

यस अवधिमा वाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप रकम भने ४५ खर्ब १८ रुपैयाँ पुगेको राष्ट्र बैंकको भनाइ छ । विकास बैंक र फाईनान्स कम्पनीहरुले भने छ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुले आफ्नो सात वटा प्रदेशका ७७ वटै जिल्लामा रहेका कुल छ हजार चार सय २० वटा शाखामार्फत ४७ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

उक्त कर्जा मध्ये वाणिज्य बैंकहरुले मात्र आफ्ना देशभर रहेका पाँच हजार ३१ वटा शाखामार्फत ४१ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा विकास बैंक र फाईनान्ससमेत गरी ३४ वटा संस्थाहरुले आफ्ना १३ सय ८९ वटा शाखामार्फत पाँच खर्ब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।