image
image

अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा, एक डलर खरिद गर्न नेपाली रुपैयाँ कति खर्च गर्नु पर्छ ?

काठमाडौँ, २, कात्तिक । नेपाली बजारमा आज बुधबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको छ । 

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३२.०८ रुपैयाँ र खरिददर १३१.४८ रुपैयाँ कायम भएको छ । जुन नेपाली बजारमा हालसम्मकै उच्च हो । 

यसअघि गत असोज ३० गतेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३२.०७ रुपैयाँ र खरिददर १३१.४७ रुपैयाँ कायम भएको थियो । जुन नेपाली बजारमा हालसम्मकै उच्च थियो । 

महँगी नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएको थियो । योसँगै डलर पनि विश्व बजारमा बलियो बन्दै गएको छ ।

भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर बन्दै गएको छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।