image
image

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ, २, कात्तिक । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२ अंकले घटेको छ । कारोबार समयदेखि ओरालो लागेको नेप्से परिसूचक दोहोरो अंकले घटेर १८ सय ४५ अंकमा पुगेर रोकिएको छ । यस्तै, सेन्सेटिभ समूहमा २.६६ अंक घटेर ३६२ अंकमा पुगेर रोकिएको छ ।

यसक्रममा आज २१ लाख ५१ हजार कित्ता सेयर किनबेच भएर ६४ करोड ३६ ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । परिसूचक दोहोरो अंकले घट्दा होटल र टुरिजम समूह र म्यूचुअल फण्ड समूहमा वृद्धि देखिएको छ ।

होटल र टुरिजम समूहमा ३९.९९ अंकको सुधार आउँदा म्यूचुअल फण्ड समूहमा ०.०२ अंकको सुधार आएको छ । यसबाहेक, आज निर्जीवन बीमा समूहमा ५५ अंकको गिरावट आएको छ । यस्तै, विकास बैंक समूह ४५ अंक, उत्पादनमूलक ४२, वित्त समूह ३९ अंक र जलविद्युत समूह ३५ अंकले घटेको छ ।

परिसूचक घटेपनि आज २ वटा कम्पनीको सेयर मूल्य भने सकरात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ८८८ रुपैयाँ पुगेको छ । यस्तै, सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९ं.९९ प्रतिशतले बढेको छ । यससँगै, यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।