image
image

बाराही हाइड्रोपावरको आइपीओ शुक्रबारबाट आउने

काठमाडौँ, ३, कात्तिक । बाराही हाइड्रोपावरले शुक्रबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले स्थानीयलाई १ सय अंकित मूल्यमा २ लाख ५० हजार कित्ता निष्कासन गर्न लागेको हो । बाग्लुङको जैमिनी नगरपालिका-१, ४ र ५ अर्थात् साविकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्न लागेको हो । 
 
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा कात्तिक १८ गतेसम्म र ढीलोमा मंसिर ४ गतेसम्म आइपीओ खुला रहनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
 
लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।