image
image

आज पनि ओरालो यात्रामै नेप्से, कारोबार रकम ५० करोडमै सिमित

काठमाडौँ, ३, कात्तिक । साता अन्तिम कारोबारको दिन शेयर बजार झिनो अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १.३८ अंक घटेर १८४४.१४ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.०२ अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ६४ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २२१ स्टकको १७ हजार २९६ पटकको कारोबारमा ५० करोड ७६ लाख ८९ हजार रुपैयाँ बराबरको १५ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य यस दिन २३ रुपैयाँ ५० पैसा बढेर २५९ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र विशाल बजार कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सेन्चुरी डिबेन्चर र सामुदायिक लघुवित्तको मूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ। पछिल्ला कारोबार दिनहरुमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन साढे ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अभियान लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ३ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, गरिमा विकास बैंक, एभरेष्ट बैंक र नबिल बैंकको यस दिन २ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, लगानी र व्यापार उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।