image
image

रिपब्लिका मिडिया र माई खोला हाइड्रोपावरले दिए आईपीओका लागि आवेदन

काठमाडौँ, ३, कात्तिक ।  नेपाल धितोपत्र बोर्डमा नेपाल रिपब्लिका मिडिया लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न आवेदन दिएका छन् । रिपब्लिका मिडियाले ४३ लाख ५३ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा कात्तिक २ गते आवेदन दिएको हो ।

यो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केटस लिमिटेड रहेको छ ।

त्यस्तै, माई खोलाले १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा असोज ३० गते आवेदन दिएको हो । यो कम्पनीले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकितदरमा १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको आईपीओ निष्कास गर्ने भएको हो ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट यी कम्पनीले आईपीओ निष्कासन अनुमति पाएपछि सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछन् । माई खोलाले भने आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आईपीओ निष्कास गरेरमात्र सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।