image
image

फुल नफुलेपछि तिहारका लागि धरानमा दुई लाख तयारी माला भित्र्याइयो

काठमाडौँ, ३, कात्तिक । धरान आसपासमा यसपटक सयपत्री फूल नफुलेपछि व्यवसायीले सयपत्रीका तयारी माला भारतबाट भित्र्याएका छन् । कोलकाताबाट लाखौँको तयारी माला तिहारअगावै ल्याइएको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । ल्याइएका माला व्यावसायीहरुले धरान–१३ स्थित कृषि बजारमा रहेको कोल्डस्टोर ९शतिघर० मा भण्डारण गरेका छन् ।

हाल एक लाख ५० हजार माला भण्डार गरिएको र थप ५० हजार माला भारतबाट आउँदै गरेको व्यवसायीले कृषि उपजबजारलाई जानकारी गराएको उल्लेख गर्दै उनले नेपाली बजारको फूलबाट एक लाख ५० हजारको माला आउन सक्ने बताए ।

यो वर्ष नेपालमा फूल फुल्ने समयभन्दा अघि नै तिहार आएकाले स्थानीय उत्पादनको फूल बजारमा कम आउने भएपछि व्यवसायीले तिहार अगाडि नै फूलको माला व्यवस्थापन गरेका हुन् । विगत वर्ष २५ प्रतिशत धरानमा भारतबाट फूलका माला आयात गरिँदै आएको थियो तर यस वर्ष भने ७५ प्रतिशत नै तयारी माला भारतबाट आउने सम्भावना रहेकोे व्यवस्थापक भट्टराईको भनाइ थियो ।

उनका अनुसार गत वर्ष रु एक करोड ६२ लाख फूलको व्यापार भएको थियो तर यस वर्ष रु। दुई करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । “ती फूलका माला प्रतिगोटा रु ४०–५० पर्न सक्छ । नेपाल यस क्षेत्रमा समयमै फूल नफुलेकाले ती माला प्रतिगोटा रु एक सयसम्म पर्न सक्छ”, भट्टराईले भने ।

बढी फूल उत्पादन हुने क्षेत्र धनकुटा, तेह्रथुम, सुनसरीको पानवारी, ठिङ्गाबारी, मोरङको केराबारीलगायत क्षेत्रमा सयपत्रीफूलका कोपिला मात्र बसेको छ । तिहार यही कात्तिक ५ गतेदेखि सुरु हुँदैछ । यो वर्षको तिहारलाई स्थानीयवासीले रोपेको फूलले काम नदिएको व्यवसायी विमल थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।