image
image

वैदेशिक रोजगारीमा जानेहरुको बिमा शुल्क अब खल्ती डिजिटल वालेटबाटै तिर्न सकिने 

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जाने नेपालीले बीमाको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट नै भुक्तानी गर्न सक्ने भएका छन ।  खल्ती डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेको हो । 

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी बीमा गरेपछि रोजगारीका लागि जाँदा स्वास्थ्य उपचार गर्नुपर्ने अवस्था आएमा सो खर्च बीमा कम्पनीले बेहोनेर्छ ।

म्यानपावर कम्पनी र रोजगारीमा जाने व्यक्तिहरु यस्तो बीमा रकम स्वयंले गर्नुपर्छ । सामान्यतया म्यानपावर कम्पनीहरूले बीमा गर्दा सामूहिक रुपमा जीवनको बीमा गर्छन् । बीमा गर्नुपर्ने व्यक्तिले खल्ती एपमा रहेको वैदेशिक रोजगार विभाग बीमा (DOFE Insurance) मा क्लिक गरेर आफ्नो पासपोर्ट नम्बर लगायतका विवरण भरी तोकिएको शुल्क खल्ती एप वा वेबसाइटबाट भुक्तानी गर्न सक्नेछन।  

त्यसरी शुल्क भुक्तानी गरेपछि व्यक्तिको बीमा पोलिसी तयार हुनेछ । त्यसलाई डाउनलोड गरी सुरक्षित राख्नुपर्ने हुन्छ । साथै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि खल्तीबाटै भुक्तानी गर्न सक्नेछन् । यसले वैदेशिक रोजगारीमा जानेहरूलाई निकै सहज हुने खल्तीले जनाएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।