मानहुँकोटमा केबलकारसहितको रिसोर्ट बनाउने प्रस्ताव
काठमाडौँ २७ फागुन। मानहुँकोटमा केबलकारसहितको रिसोर्ट बनाउने प्रस्ताव अगाडी बढेको छ । व्यास हिल्स प्राइभेट लिमिटेडेको नाममा उद्योगी आनन्द बतास समूहले करिब ४ अर्बको लगानी गर्ने गरी यस्तो प्रस्ताव गरेको हो ।
करिब चार अर्ब लगानी गर्ने गरी अगाडी बढाईएको उक्त प्रस्ताव अनुसार त्यहाँ स्विमिङ पुलसहितको रिसोर्ट, जिपलाइन, केबलकार बनाइने छ । त्यस्तै कम्पनीले यो परियोजनाका लागि केही जग्गा खरिद गर्ने र केही जग्गा लिजमा दिनको लागि पनि नगरपालिकासँग प्रस्ताव गरेको छ ।यसका लागि कम्पनीले ४० रोपनी लिजका लागि माग समेत गरिसकेको बताएका छन् ।
त्यसैगरी कम्पनीले ग्लास पुल अर्थात् ‘सिसाको पुल’ बनाउने प्रस्ताव पनि गरेको छ ।