image
image

३ महिनामा ६२ अर्ब ४६ करोडको पेट्रोलियम पदार्थ आयात, डिजेल कति ?

काठमाडौँ, १४, कार्तिक । चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयातबाट नै धेरै रकम बाहिरिएको छ । पेट्रोलियम पदार्थको भाउ बढ्दा पनि ती बस्तुको आयातमा बाहिरिने पैसा बढ्दै गएको हो ।

भन्सार विभागको तथ्याँक अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कुल ६२ अर्ब ४६ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ। यस अवधिमा डिजेलको आयात सबैभन्दा धेरै छ । 

३ महिनामा २९ अर्ब २९ करोडको डिजेल आयात भएको छ भने १८ अर्ब २२ करोडको पेट्रेल र १४ अर्ब ९४ करोडको ग्यास आयात भएको छ।

निर्यातमा भने प्रशोधित पाल्म तेलको हिस्सा सबैभन्दा धेरै छ भने सोयाविन तेल र कार्पेटको निर्यात पनि धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।