image
image

नेप्सेमा आज १६.३९ अंकको वृद्धि

काठमाडौँ, १४, कार्तिक । साताको दोश्रो तथा कारोबारको पहिलो दिन सोमबार सेयर बजार १६.३९ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ ।

क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्स ४.९३ अंकले बढेर ३७०।८६ विन्दुमा पुगेको हो । १८५ कम्पनीको कारोबार हुँदा ११० कम्पनीको मूल्य बढेको छ भने ६५ कम्पनीको मूल्य घटेको छ । साथै १० कम्पनी स्थीर रहे ।

१८५ वटा कम्पनीका २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार ६११ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

डेभलपमेन्ट बैंकबाहेक सबै कम्पनीहरूमा उकालो लागेको छ । जीवन बिमा २५.४१, होटल तथा पर्यटन ४२.४८, निर्जीवन बीमा २३.५५, बैकिङ २०.०९, फाइनान्समा १२.६४, हाईड्रो पावरमा १.९७, ट्रेडिङ २०.१, माईक्रो फाइनान्समा १४.०८ र म्युचुअल फण्डमा ०.१, अन्य समूह २०.७५ ले वृद्धि भएको छ ।

त्यसैगरी, सयपत्री हाइड्रो पावरको सेयर मूल्य २८.५० र नेपाल एसबीआई बैंकको २२.०० ले बढेको छ । एनआईसि एसिया बैंकको ६ करोड १७ लाख २१ हजार बढीको कारोबार भएको छ भने एभरेष्ट बैंकको ४ करोड ३९ लाख १७ हजार ७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।