image
image

आईसीएफसी फाइनान्सको नाफा र ईपीएस दुबै घट्यो, अन्य सुचक कति ?

काठमाडौँ, १५, कार्तिक । आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको खुद नाफा र ईपीएस दुबै घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सले ३ करोड ३४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.७९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेको र खुद फि तथा कमिशन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो ।समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३४.९१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ४४.७२ प्रतिशत घटेको छ। इम्पेरमेन्ट चार्ज सामान्य बढेसँगै सञ्चालन मुनाफा २७.०१ प्रतिशत घटेको छ। जसका कारण खुद नाफा घट्न पुगेको हो ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ५ रुपैयाँ ४ पैसा घटेर ११ रुपैयाँ ८७ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३६।८९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ३२ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ३।०६ प्रतिशत घटेको छ । फाइनान्सको निक्षेप ३.०४ प्रतिशत बढेको छ भने कर्जा १.२१ प्रतिशत घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।