image
image

बुढानिलकण्ठ धर्मशालाको पुनर्निर्माण सुरु

काठमाडौँ। बुढानिलकण्ठ मन्दिरको धर्मशाला पुनर्निर्माणको काम सुरु भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पा र श्री सुशील ज्ञवाली, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले बिहीबार संयुक्त रुपमा धर्मशालाको शिलान्यास गरेका छन् ।

शिलान्यास समारोहमा मन्दिरका मठाधीस स्वामी निगमानन्द, बुढानिलकण्ठ व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्का, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिलाल गेलाल, भूमि सुधार तथा व्यवस्थापन मन्त्रालयका सचिव टेक नारायण पाण्डे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त जय बहादुर चन्द, बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल, विश्व हिन्दु महासंघका अध्यक्ष चक्र बन्धु अर्याल लगायत भारतीय राजदूतावास तथा  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको उपस्थिति थियो ।

धर्मशालाको पुनर्निर्माण भारत सरकारको ५ अर्ब आर्थिक सहयोगमा सञ्चालित २८ वटा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनर्स्थापना परियोजनामध्येको तेस्रो परियोजनाको रुपमा रहेको छ । यी सबै २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको पहिचान नेपाल सरकारले गरेको हो भने यसका लागि गत अगस्ट २०१७ मा भारत सरकार र नेपाल सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

उक्त धर्मशालाको निर्माणले मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकको भ्रमणलाई सहज बनाउने अपेक्षा गरिएको छ । यसअघि गत नोभेम्बर २०१९ मा २ करोडको लागतमा बुढानिलकण्ठ मन्दिरका लागि मठाधीस भवनको निर्माण भएको थियो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।