image
image

नेप्सेमा ५६ अंकको वृद्धि, कारोबार रकम अर्ब नाघ्यो

काठमाडौँ, १५, कार्तिक । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । तिहार र छठका कारण एक साता बन्द भएर सोमबारबाट खुलेको सेयर बजार लगातार दोस्रो दिन पनि वृद्धि भएको छ ।

सोमबार १६ अंक माथिले वृद्धि भएको नेप्से मंगलबार ५६.११ अंक (२.९९ प्रतिशत) ले वृद्धि भएर १९३०.९९ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स ११.२८ अंकले वृद्धि भएर ३८२.१४ अंकमा बन्द भएको छ । बैंकहरुको निक्षेप वृद्धिसँगै तरलता सहज भएर ब्याजदर घट्ने अपेक्षा तथा सूचिकृत कम्पनीले लाभांश घोषणा गरिरहँदा नेप्से सुधारोन्मुख देखिएको हो । ३१ भदौपछि नेप्से १९०० अंक माथि पुगेर बन्द भएको हो ।

सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि उच्च अंकले बढेको छ । वित्त कम्पनी उपसूचक ५.४ प्रतिशत र अन्य उपसूचक ५.२८ प्रतिशतले वृद्धि हुँदा, व्यापार, हाइड्रोपावर र लगानी उपसूचक ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर अर्ब नाघेको छ । मंगलबार नेप्सेमा ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजारको कारोबार भएको छ ।

जसमध्ये एनआईसी एशिया बैंकको ६ करोड ६५ लाख ६० हजारको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ५ करोड ९२ लाख ७० हजारको कारोबार भएको छ ।


मंगलबार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १८१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३ कम्पनीको मात्रै घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य गिरावट भएको छ । मंगलबार न्यादी हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा युनिभर्सल पावर कम्पनीको सेयरमूल्य ९ प्रतिशत र युनियन हाइड्रोपावरको सेयर मूल्य ८.८२ प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार सेयर मूल्य घट्ने ३ कम्पनीमो विशाल बजार कम्पनी, जनउत्थान सामुदायिक लघुवित्त र सयपत्री हाइड्रोपावर रहेका छन् । जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक १.४९ प्रतिशतले गिरावट हुँदा विशाल बजार कम्पनी र सयपत्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ०.४८ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।