image
image

स्वीस बैंकले ९ महिनामा गुमायो १ खर्ब ४३ अर्ब डलर

काठमाडौँ, १६, कार्तिक ।  स्वीजरल्यान्डको केन्द्रीय बैंक, स्वीस नेशनल बैंकले सन् २०२२ को ९ महिनामा १ खर्ब ४३ अर्ब डलर गुमाएको छ । विश्वव्यापी रुपमा मुद्रास्फीति आकाशिदै गएपछि विकसीत देशका राष्ट्रहरुले ब्याजदर बढाइरहेका छन् । 

४० वर्ष यताकै उच्च हुन पुगेको मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले निरन्तर रुपमा ब्याजदर बढाएपछि मानिसहरुले सुरक्षित लगानीका रुपमा डलरमा लगानी गरिरहेका छन् । डलरको माग बढ्दै गएपछि डलरको मूल्य पनि बढेको छ ।

यसैक्रममा स्वीस फ्रान्कलाई कमजोर हुन नदिन र विश्व बजारमा स्वीस फ्रान्कको मूल्य सन्तुलनमा राख्न स्वीस बैंक प्रयत्नरत रहेको छ । स्वीस फ्रान्कको मूल्यमा कमी आउन नदिन स्वीस बैंकले १४१ अर्ब फ्रान्क बराबरको बन्ड खरिद गरेको थियो । 

यसकारण स्वीस बैंकले १४२ अर्ब ६० करोड अमेरिकी डलर बराबरको विदेशी सञ्चिति गुमाएको छ ।एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।