image
image

आजबाट बिक्रीमा आयो सानिमा बैंकको ५१ लाख कित्ता सेयर

काठमाडौँ, १६, कार्तिक । सानिमा बैंकले आजदेखि ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । बैंक संस्थापक सेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । 

यो सेयरमा संस्थापक सेयरधनीहरुबाहेक व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम १४५ रुपैयाँ तोकिएको छ । 

लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले आउँदो कात्तिक २३ गतेसम्म खरिद आवेदन दिनुपर्नेछ । खरिद आवेदन काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ । 

बैंकले यसअघि ३५ दिने सूचना निकालेर विद्यमान संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्री खुला गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।