प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से परिसूचक, १ हजार ४६४ कित्ता शेयर खरिदबिक्री
काठमाडौँ, १६, कार्तिक । आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार ५६.१० अंक बढेर १९३०.९७ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा २.२६ अंक बढेर १९३३.२४ विन्दुमा पुगेको छ ।
आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ । बुधबार प्रि ओपन सेसनमा १६ स्टकको ३ लाख ५६ हजार ३८१ रुपैयाँ बराबरको १ हजार ४६४ कित्ता शेयर खरिदबिक्री भएको छ ।
जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।









