image
image

वाणिज्य बैंकको निक्षेप १७ अर्बले घट्यो, सीडी रेसियो कति ?

काठमाडौँ, १६, कार्तिक । एक सातामै वाणिज्य बैंकको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एसोसिएन (एनबीए)को कात्तिक ५ गतेदेखि कात्तिक ११ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको हो । 

योसँगै कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ । कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो ।

कात्तिक लागेयता भने वाणिज्य बैंकहरुको कुल निक्षेप २३ अर्ब रुपैयाँले घटेको छ । गत असोज मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो । 

यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने स्थिर देखिएको छ । गत कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुबाट कुल ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । कात्तिक ११ गतेसम्म पनि वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २५ अर्ब रुपैयाँ नै रहेको छ । 

कात्तिक लागेयता भने वाणिज्य बैंकहरुबाट थप ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । गत असोज मसान्तसम्म कुल कर्जा प्रवाह ४२ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो । 

कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो बढेर ८७.५८ प्रतिशत पुगेको छ । गत कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२३ प्रतिशत रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।