image
image

इस्टर्न हाइड्रोको आईपीओ बाँडफाँड : ६२ हजार ५१९ आवेदक भाग्यमानी, १२ लाख ९३ हजार बढिको हात खाली

काठमाडौँ, १७, कार्तिक । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज आईपीओ बाँडफाँड गरिएको हो ।

 यो आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो । कम्पनीले गत असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । 

कम्पनीले १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशतले हुने आउने ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ६ लाख २५ हजार १९० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन् । 

यो आईपीओमा १३ लाख ५८ हजार २२० आवेदकबाट कुल १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । जसमा १३ लाख ५६ हजार २२४ आवेदकबाट परेको १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सदर भएको छ । बाँकी १ हजार ९९६ आवेदकबाट परेको २६ हजार ४९० कित्ता सेयर बदर भएको छ । 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसमा भाग्यमानी ६२ हजार ५१९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । यो आईपीओमा सदर आवेदकमध्ये १२ लाख ९३ हजार ७०५ आवेदकको हात खाली भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।