image
image

राष्ट्र बैंकले २२ करोड ६६ लाख मुद्दति निक्षेपमा लगानी गर्ने

काठमाडौँ, १७, कार्तिक ।  नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा भएको २२ करोड ६६ लाख रुपैयाँ पैसा लगानी गर्ने भएको छ ।

बैंकले वाणिज्य बैंकमा १८ करोड १४ लाख, राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ३९ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड १३ लाख सहित २२ करोड ६६ लाख रुपैयाँ पैसा लगानी गर्न लागेको हो ।

उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले उक्त रकमका लागि प्रस्तावित ब्याजदर खुलाई फारम भर्न भनेको छ । उक्त रकमको अवधि २०७९ मंसिर २ देखि २०८० मंसिर २ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा राख्ने भएको छ ।
उक्त रकम लिनका लागि कात्तिक २२ गते राति १२ बजेसम्म जानकारी गराइसक्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।