image
image

सेयर बजार १६ अंक घट्यो, कारोबार खुम्चियो

काठमाडौँ, १७, कार्तिक । सेयर बजारको परिसूचक नेप्से बिहीबार १६.१४ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से १९२२ अंकमा कायम भएको छ । परिसूचक मात्रै नभई कारोबार रकममा पनि कमी आएको छ । बुधबार १ अर्ब ४६ करोडको कारोबार भएकोमा बिहीबार जम्मा ८९ करोड ८९ लाखमा खुम्चियो ।

कुल १५३ कम्पनीको मूल्य घट्दा २७ को बढ्यो भने ५ को स्थिर रह्यो । जीवन बीमा १ र निर्जीवन बीमा ०.६ अंक बढे भने अरु सबै उपसमूह घटे । बैंकिङ ११, विकास बैंक ४१, फाइनान्स १९, होटल तथा पर्यटन २०, जलविद्युत् २७, उत्पादन १३, माइक्रोफाइनान्स ४७, अन्य १७ र व्यापार उपसमूह १९ अंक घटे ।

युनिलिभरको मूल्य सबैभन्दा धेरै ६.५ प्रतिशत बढेर प्रतिकित्ता १९ हजार ५ सय कायम भयो । कम्पनीले प्रतिकित्ता १२१५ रुपैयाँ लाभांश दिने घोषणा गरेपछि मूल्य बढेको हो । कारोबार रकमका आधारमा एभरेस्ट बैंक, गरिमा विकास बैंक संस्थापक, अरुण काबेली, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।