image
image

आयल निगमको नाफा १८ करोड, उपभोक्ता मूल्य नघट्ने

काठमाडौँ, १७, कार्तिक । नेपाल आयल निगमले इन्धनको उपभोक्ता मूल्य नघट्ने जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले १५ दिनमा १८ करोड रुपैयाँ नाफा रहेपनि ऋणका कारण उपभोक्ता मूल्य नघट्ने दाबी गरेको हो ।

‘१ अक्टोबरमा प्राप्त नयाँ मूल्यअनुसार निगमलाई १८ करोड रुपैयाँ नाफा हुने देखिन्छ,’ निगमले विज्ञप्तिमा भनेको छ, ‘तर भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने बक्यौता र सरकारी ऋणका कारण तत्काल उपभोक्ता मूल्य घटाउन नसक्ने बाध्यत्मक अवस्थामा निगम पुगेको छ ।’

सरकार र भारतीय आयल निगमलाई तिर्नुपर्ने ऋण २९ अर्ब १३ करोड रुपैयाँ रहेको भन्दै निगमले तत्काल मूल्य घटाएर समायोजन गर्न सक्ने अवस्था नरहेको दाबी गरेको छ ।

३० असोजमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त मूल्यका कारण निगम नाफामा रहेको भन्दै निगमले १६ कात्तिकमा प्राप्त नयाँ मूल्य केही बढेर प्राप्त भएको जनाएको छ ।

बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ७६ पैसा, मट्टितेलमा ४ रुपैयाँ एक पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ७७ पैसा प्रतिलिटरमा बढेर आएको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य भने घटेर आएको निगमका प्रवक्ता विनितमणि उपाध्ययद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।