image
image

विश्व बजारमा कच्चा तेलको भाउमा किन आयो गिरावट ?

काठमाडौँ, १८, कार्तिक । विश्व बजारमा कच्चा तेलको भाउमा गिरावट आएको छ । 

अमेरिकामा ब्याजदर बढ्नु र चीनमा कोरोनाको कहरका कारण तेलको माग घट्ने सम्भावना भएकोले मूल्यमा गिरावट आएको हो । 

शुक्रबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । अमेरिकामा नीतिगत ब्याजदर पहिले अनुमान गरिएको भन्दा बढी हुन सक्ने त्रास लगानीकर्तामा देखिएको छ । 

यसका साथै चीनमा कोरोनाको प्रकोपका कारण विश्वको सबैभन्दा ठूलो तेल आयात गर्ने देशमा तेलको माग घट्ने सम्भावना पनि बढेको छ । 

शुक्रबार प्रारम्भिक कारोबारमा ब्रान्ड कच्चा फ्युचर ०.२ प्रतिशत अर्थात २२ सेन्टले घटेर ९४.५५ प्रतिब्यारेलमा किनबेच भएको थियो । अघिल्लो सत्रमा यो १.५ प्रतिशतले घटेको थियो । 

कच्चा तेल डब्ल्यूटीआई फ्युचर्स पनि ०.३ प्रतिशत अर्थात २७ सेन्टले घटेर ८७.९० डलर प्रतिब्यारेलमा कारोबार भएको थियो । यसले अघिल्लो सत्रको तुलनामा २ प्रतिशतले घाटा बढाएको छ । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।