image
image

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा अझै बढ्ने संकेत

काठमाडौँ, १८, कार्तिक । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजल प्रतिलिटिर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ ०१ पैसा र हवाई इन्धन प्रतिलिटर ४ रुपैयाँ ७७ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएकाे छ ।

निगमले अझै १५ दिनमा डिजलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ ८४ पैसा प्रतिसिलिन्डर घाटा रहेको जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा नै छ ।

भारतले मूल्य बढाएर पठाएपछि  नेपालमा पनि अझै बढ्ने संकेत देखिएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।