image
image

बैंकिङ क्षेत्रमा बढ्यो जोखिम

काठमाडौँ, २०, कार्तिक ।बैंकहरुले व्यवसाय विस्तारमा मात्र ध्यान दिइ कर्जा उठ्नेरनउठ्ने मूल्याङ्कन नगर्दा समग्र बैंकिङ प्रणालीकै जोखिम बढेको छ । बैंकहरुले कर्जा दिने मात्र सोच्दा कमसल क्षेत्रमा धेरै कर्जा लगानी बढेपछि बैंकिङ क्षेत्रको जोखिम बढेको हो ।

बैंकहरुले कर्जा दिने तर उठ्ने नउठ्ने मूल्याङकन नगर्दाको परिणाम चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै देखिएको छ । चालु आर्थिक वर्षको असोजसम्ममा २६ बाणिज्य बैंकहरुले कुल ९ अर्ब ४७ करोड १८ लाख रुपैयाँ जोखिम व्यवस्थाका लागि छुट्याएका छन् । 

बैंकहरुले प्रवाह गरेको कर्जा कमसल भएपछि अथवा कर्जाको सावाँ व्याज समयमा उठ्न नसकेपछि त्यसको जोखिम व्यवस्था गर्नुपर्छ । बैंकहरुले ठुलो आकारको रकम जोखिम व्यवस्था गर्नु परेकाले पनि नाफामा करिब ३ प्रतिशतको मात्र वृद्धि देखिएको हो । 

बैंकहरुले चालु आवमा गरेको जोखिम व्यवस्था (इम्प्यअरमेन्ट) अर्थात कर्जा नोक्सानी वापतको रकम आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २०४.६५ प्रतिशतले धेरै हो । गत आवको पहिलो त्रैमासमा बैंकहरुले ३ अर्ब १० करोड ९० लाख रुपैयाँ उक्त शिर्षकमा छुट्याएका थिए ।

बैंकहरु चालु आवको पहिलो त्रैमासमा जोखिम व्यवस्थाका लागि छुट्याएको रकम गत आव २०७८/०७९ को तुलनामा दोब्बर हो । गत आवमा बैंकहरुले जोखिम व्यवस्थाका लागि कुल ४ अर्ब २८ करोड ३९ लाख रुपैयाँ प्रोभिजनिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।