तालिम दिन सात अर्ब खर्च, बजारमा जनशक्ति अभाव
काठमाडौँ - सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि वार्षिक ७ अर्ब रुपैयाँभन्दा बढी खर्च गरे पनि बजारको मागअनुसार जनशक्ति उत्पादन हुन सकेको छैन । एक दर्जन मन्त्रालयमार्फत प्राविधिक तथा व्यावसायिक तालिमका कार्यक्रम सञ्चालित छन् । तर, उच्च दक्ष (सीप तह ४) तालिम लिएका जनशक्तिको उत्पादन भने निकै कम छ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ।
हाल संघीय तहमा १२ मन्त्रालय र अन्य व्यावसायिक संघ–संस्था तथा निजी क्षेत्रसहित १८ भन्दा बढी निकायबाट वार्षिक दुई लाखभन्दा बढीले छोटो अवधिका व्यावसायिक तालिम लिने गरेका छन् । तरपनि उद्योग–व्यवसायमा दक्ष जनशक्तिको भने अभाव छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले वार्षिक २ लाख १० हजार व्यक्तिले व्यावसायिक तालिम पाएको देखिएको छ । चालू आर्थिक वर्षको असारसम्ममा ७५३ स्थानीय तहमध्ये ८४ प्रतिशत अर्थात् ६३५ स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको संस्थागत पहुँच पुगेको छ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सीटीईभीटीले मात्र ६ अर्ब रुपैयाँभन्दा बढी तालिमका लागि खर्च गरेका छन् ।
नेपाल माग भइरहेको सीप तह ४ को अवस्थालाई विश्लेषण गर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९५ प्रतिशत स्थानीय तहमा प्राविधिक शिक्षाको संस्थागत पहुँच पुगेको छ । सीटीईभीटीले सार्वजनिक गरेको सीप नक्सांकन प्रतिवेदनले कुन क्षेत्रको लागि कस्तो तालिम दिने भन्नेबारे अध्ययन नगरी विभिन्न निकायबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्दा बजारको माग र उत्पादन नमिलेको निष्कर्ष निकालेको छ ।
बजारको मागअनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका कार्यक्रम सञ्चालन गर्न विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् । अध्ययन टोलीका संयोजक प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीले प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रमहरु विखण्डित रुपमा सञ्चालनमा रहेको अध्ययनले देखाएको बताए । “विखण्डित रुपमा सञ्चालित र एकीकृत तथ्यांकको अभावले गर्दा सञ्चालित तालिम कार्यक्रमहरुको सान्दर्भिकता, गुणस्तर र प्रभावकारिताको बारेमा यकिन भन्न सकिने अवस्था छैन,” प्रतिवेदन सार्वजानिक गर्दै उनले भने, “कृषि तथा वन र इन्जिनियरिङतर्फको भर्ना क्षमता अधिक रहेको देखिन्छ तर पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख क्षेत्रको रुपमा रहे पनि यो क्षेत्रलगायत अन्य सेवातर्फको कार्यक्रममा भने भर्ना क्षमता कम छ ।”