image
image

बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौँ, २१, कार्तिक ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । 

केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो । 

जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा २० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३ करोड ७५ लाख रुपैयाँ र फाइनान्समा १ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ । 

मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । यसका लागि कात्तिक २२ गते राती १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेस गर्नुपर्नेछ । 

यस्तो लगानी यही कात्तिक २७ गतेदेखि २०८० कात्तिक २७ गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।