image
image

प्रि ओपन सेसन : नेप्से परिसूचक करिब ३ अंकले उकालो लाग्यो

काठमाडौँ, २१, कार्तिक ।  साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ ।

अघिल्लो कारोबारको दिन आइतबार ४३.२० अंक बढेर १९६५.३६ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा २.७० अंक बढेर १९६८.०७ विन्दुमा पुगेको  हो । 

आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ । सोमबार प्रि ओपन सेसनमा २७ स्टकको ४७ लाख ८९ हजार १३३ रुपैयाँ बराबरको १ हजार ८७८ कित्ता शेयर खरिदबिक्री भएको छ । 

जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ । बाँकी ४ स्टकको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।