image
image

राष्ट्र बैंकले १८ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्ने

काठमाडौँ, २१, कार्तिक । नेपाल राष्ट्र बैंकले १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

बैैंकले २८ दिन, ९१ दिन र १८२ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने बिलको सोमबार बोलबकोल हुने छ ।
२८ दिन अवधिका लागि ५ अर्बको बिल जारी गर्न लागेको छ । यो मंसिर २० गते परिपक्व हुनेछ ।

यस्तै ९१ दिन अवधिका लागि ७ अर्ब १० करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो माघ २४ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०८० साल वैशाख २६ गते परिपक्व हुनेछ ।

यो आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । यो २८ दिनदेखि १ वर्ष अवधिको हुने गर्दछ । यसमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण समेत सहभागी हुन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।