image
image

शेयर बजार ६ अङ्कले घट्याे, २ अर्ब १० कराेड रुपैयाँकाे काराेबार

काठमाडौँ, २१, कार्तिक । शेयर बजार परिसूचक नेप्से आज साेमवार ६ दशमलव ४३ अङ्कले घटेर एक हजार नाै सय ५८ दशमलव ९४ विन्दुमा झरेको छ । हिजो आइतवार ४३ अङ्कभन्दा धेरैले बढेको नेप्से आज भने घटेको हो ।

आज निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीकाे ४९ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख  रुपैयाँको शेयर किनबेच भयो ।

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।