image
image

प्रि ओपन सेसन : नेप्से परिसूचक झिनो अंक बढ्यो

काठमाडौँ, २२, कार्तिक । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ६।४३ अंक घटेर १९५८.९४ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.२८ अंक बढेर १९५९.२१ विन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंक बढेको छ ।

मंगलबार प्रि ओपन सेसनमा ७ स्टकको ९४ हजार ९४२ रुपैयाँ बराबरको ७० कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ । 

बाँकी २ स्टकको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।
 

आगामी नोभेम्बर २० मा सुरु हुने कतार विश्वकप-२०२२ को अवधिमा कतारस्थित नेपाली दूतावास चार घण्टा मात्रै खुल्ने भएको छ ।

कतार सरकारको मन्त्रीपरिषद्ले गरेको सरकारी कार्यालयहरू खुल्ने समय परिवर्तनसम्बन्धि निर्णयलाई ध्यानमा राख्दै कार्यालयको समयावधि घटाइएको दूतावासले जनाएको छ ।

एक सूचनामार्फत नोभेम्बर १३ देखि १९  डिसेम्बरसम्म स्थानीय समयअनुसार बिहान ७ देखि ११ बजेसम्म मात्र दूतावास खुला रहने जनाइएको छ ।

अत्यावश्यक काम, जरुरी जानकारी तथा कन्सुलर सेवाको लागि दूतावासको ४४६७५६८१ र ४४६७५६८३ नम्बरमा दिउँसो २ बजेसम्म सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । २० डिसेम्बरदेखि दूतावास पूर्ववत् नियमित कार्यालय समयअनुसार खुला रहने सूचनामा उल्लेख छ ।

कतारले आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने बहुप्रतिक्षित फिफा वर्ल्ड कप २०२२ लाई सफल बनाउन कार्यालय समयावधि घटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।