image
image

५ महिनामा ४ खर्ब १६ अर्बको आप्रवाह

काठमाडौँ, २२, कार्तिक । चालू आर्थिक वर्षको पहिलो ५ महिना अर्थात् साउनदेखि मंसिरसम्म ४ खर्ब १६ अर्ब ८१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएकाे छ । कोरोनाका कारण विदेशमा राेजगारी गुमाउनेकाे संख्या बढेकाले रेमिटेन्स घट्ने अनुमान गरिएको थियो ।

तर, रोजगारीका लागि विदेश जानेको संख्या निकै घटे पनि रेमिटेन्समा ठूलाे असर नपरेकाे देखिन्छ । गत वर्षको तुलनामा ५ महिनाको अवधिमा वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७७ प्रतिशतले घटेकाे छ । जबकि, गत वर्ष ७ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले विदेशमा रहेका प्रायः नेपालीले जागिर नगुमाएको र रकम बैंकिङ च्यानलबाट बढी आएकोले रेमिटेन्स बढेकाे बताए । 

गत वर्ष सामान्य अवस्थामा पनि आर्थिक वर्ष २०७५/७६ को तुलनमा ०.२ प्रतिशले रेमिटेन्स घटेको थियो । तर, चालू वर्षमा भने अघिल्लो वर्षको तुलनामा १०.९ प्रतिशतले बढेको छ । 

अमेरिकी डलरमा रेमिटेन्स ६.४ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष ०.४ प्रतिशतले बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।