image
image

सेयर बजारमा सामान्य गिरावट

काठमाडौँ, २२, कार्तिक । आइतबार उच्च अंकले बढेको सेयर बजार लगातार दुई दिन घटेको छ । सोमबार घटेर बन्द भएको बजार मंगलबार पनि सोही ट्रेन्डमा रह्यो । मंगलबार २.५७ बिन्दुले घटेको बजार १९५६.३६ बिन्दुमा झरेको छ । यस दिन कुल २२६ वटा स्टकको १८ हजार ४७२ वटा कारोबारबाट २७ लाख ७३ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँ बराबरको भएको छ ।

मंगलबार वित्त, निर्जीवन बीमा, अन्य र जीवन बीमा उपसमूहमा हरियाली देखियो । अन्य सबै उपसमूहको मूल्य घटेको छ । मंगलबार सबैभन्दा धेरै व्यापार उपसमूहले गुमाएको छ ।

घट्दो बजारमा पनि सबैभन्दा धेरै लाइभ इन्स्यारेन्स कर्पोरेसनको मूल्य २.२२ प्रतिशतले बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल रिइन्स्योरेन्स कम्पनी, बलेफी हाइड्रोसहितका कम्पनीको मूल्य धेरैले बढेको छ ।

कालिका लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.७७ प्रतिशतले घट्यो । यस दिन मन्दाकिनी हाइड्रो, मनकामना स्मार्ट लघुवित्त, सिटिजन्स म्युचुअल फण्डसहितको मूल्य धेरैले घटेको छ । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।